संसदीय समितिको कार्यादेशमा कांग्रेसको नयाँ प्रस्ताव

काठमाडौं- संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनु भएको छ ।

उहाँले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताउनु भयो । उहाँकाअनुसार नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।

कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आएपनि छलफल जारी नै रहेको प्रमुख सचेतक बर्तौलाले जानकारी दिनु भएको ।

गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाका नाम राखेर जाऔँ भन्ने रह्यो । उहाँले छलफललाई निरन्तरता दिने र पुनः छलफलका लागि केही समयपछि बस्ने जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.