सदनको गतिरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरु छलफलमा

कार्यदलका सदस्यहरु पनि बैठकमा सहभागी

काठमाडौँ- संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ ।

शीर्ष नेताको बैठकमा कार्यदल सदस्यहरुलाई पनि बोलाइएको रास्वपा नेता एवं कार्यदल सदस्य शिशिर खनालले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आजै बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेको थिएन । दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो ।

बिहानको बैठकमा प्रधानमन्त्रीले फरक-फरक दलसँग छुट्टाछुट्टै पनि छलफल गर्नुभएको थियो । वैठकमा नेपाली काँग्रेसले पुरानो अडान नछाडेपछि कुरा मिल्न सकेको थिएन ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछनेमाथि संसदीय छानविनको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको गत्यावरोध अन्त्य गर्ने प्रयासस्वरुप दलहरु नियमित छलफलमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.