कावासोतीमा स्कुल भ्यानमा आगलागी

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाको भित्री सडकखण्डमा बोडिङ्ग स्कूलका विद्यार्थी बोक्ने भ्यानमा आगलागी भएको छ ।

कावासोती नगरपालिका -५ पाँचकठ्ठा स्थितमा रहेको लर्ड बुद्व बोर्डिङ स्कूलको बा७च ५९९३ नं.को भ्यान मन्टेश्वरी कक्षाको १२ जना बिधार्थी छोडेर फर्कने क्रममा बाटोमा सुकाएको पराल अचानक भ्यानको टायरमा अड्किन गई घर्षण हुँदा आगलगी भएको हो ।

आगलागिबाट मानवीय क्षति नभएको तर स्कूल भ्यान पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.