सिन्धुलीमा बस दुर्घटना हुँदा २५ जना घाइते

सिन्धुली- सिन्धुलीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छ्न ।

बिपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका-७, तल्लो बारा भन्ने स्थानमा बस दुर्घटना बसमा सवार २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

महोत्तरीको बर्दिबासबाट काठमाडौतर्फ आउँदै गरेको ००१ प १७३२ नम्बरको पर्यटकीय बस दुर्घटना हुँदा घाइते भएका सबैलाइ खुर्कोटस्थित शुभ जीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा ग्लोबल आईएमई बैंकका कर्मचारी रहेका थिए ।

बर्दिबासस्थित बैंकको तालिममा सहभागी भएर फर्कने क्रममा दुर्घटना भएको हो ।

घुमाउरो सडकमा विपरित दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको स्थानीयको अनुमान छ ।

बस सडकबाट करिब २५ मिटर तल खसेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.