एकीकृत समाजवादी सत्ता गठबन्धनमै रहन्छ-प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको स्थायित्व बारे कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

आज विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माधव कुमार नेपालको पार्टी एकीकृत समाजबादी सत्ता समिकरणबाट यता उता जाने अवस्था नरहेको र नेता नेपाल वर्तमान गठबन्धनबाट बाहिर नजाने जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशमा पनि अहिले कै गठबन्धनको सरकार रहने बताउनुभयो ।

एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले यसपटक जनतामा उत्साह थप्ने गरी बजेट ल्याइएको र कोशी प्रदेशका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.