प्रधानमन्त्री प्रचण्ड,ओली र नेपालबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तारुढ दलका तीन शीर्ष तीन नेता बीच छलफल भएको हो ।

प्रमुख प्रतिपक्षीदलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर सहितका विपक्षी दलका नेतासँग सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपालको संयुक्त बैठकले राजनीति तरङ्गित भइरहेका वेला प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीले आज नेपालसँग छलफल गर्नु भएको हो ।

त्यसो त यस अघि नै प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई फोन गरेर बुढानीलकण्ठमा विपक्षी मोर्चासँग भएको छलफलबारे चासो राख्नु भएको थियो ।

विपक्षी गठबन्धनसँग नेपालको बसाईपछि बिहीबार बिहानै प्रधानमन्त्री प्रचण्ड र  एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल बीच बालुवाटारमा भेटवार्ता भएको थियो  । आज शीर्ष तीन नेता बीच छलफल भएको हो ।

भेटवार्तामा समसामयिक परिस्थितिको बारेमा छलफल भएको बैठकपछि एमाले अध्यक्ष ओलीले संचारकर्मीलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.