आजदेखी देशैभरका दुग्ध उत्पादक किसान आन्दोलनमा

सुनसरी- सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्धरुपमा आन्दोलनको सुरुवात गरेका छन् ।

किसानहरु आज बिहानैदेखी हात र निधारमा कालो पट्टी बाँधेर दुध सकंलन केन्द्रहरुमा धर्ना दिएका छन् । दुग्ध उत्पादक जिल्ला सहकारी संघ र दुग्ध उत्पादक लिमिटेलले सयुंक्तरुपमा विरोध कार्यक्रम गरेको हो ।

सरकारले गत फागुन १९ गते किसानसँग गरेको निर्णय अक्षरस पालनाको माग गर्दै सुनसरीका किसानहरु विरोधमा उत्रिएका हुन् । यो विरोध कार्यक्रम मुलुकका सबै जिल्लाहरुमा आजदेखी सुरु भएको दुग्ध उत्पादक जिल्ला संघका अध्यक्ष राजन धमलाले बताउनुभयो ।

किसानहरुले सात महिनादेखि दुधको भुक्तानी पाएका छैनन् । त्यस्तै चिस्यान केन्द्रलाई निशुल्क विधुत, पशुपालन कर्जाको व्याज निशुल्क र पशु बिमा निशुल्क लगायतको माग राखेर आन्दोलनमा उत्रिएको हो ।

विरोध कार्यक्रम आजदेखि असार ४ गतेसम्म जारी रहने छ भने त्यसपछि थप आन्दोलनको निर्णय गरिने बताइएको छ । सुनसरीमा मात्र किसानले सरकारबाट करिब तीन करोड रुपैया भुत्तानी पाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.