राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ ।मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले पाण्डेलाई विश्वासको मत दिने बताउनु भएको हो । राप्रपासँग दुई जना सांसदहरु रहेका छन् । यो सँगै पाण्डेले  २९ सांसदले मत दिने पक्का भएको छ । अ्न्य दुई स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएमा पाण्डे नेतृत्वको सरकारले निरन्तरता पाउने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.