आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको सुरुमा उहाँले आगजनी प्रभावितलाई राहत उपलब्ध गराउन गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न, यथेष्ट बजेटको प्रबन्ध गर्न माग गर्दै सुरक्षाकर्मीले स्रोत तथा साधनको अभावमा पनि उद्धार तथा राहतमा परिचालित भएकामा धन्यवाद दिनुभयो ।

सांसद भट्टराईले विपद्को पूर्वतयारी जुन स्तरमा हुनुपर्ने थियो त्यसअनुरुप हुन नसकेको भन्दै तत्काल प्रभावकारी प्रबन्ध गर्न आग्रह गर्नुभयो । उहाँले जलवायु कोषको रकम प्राप्तिका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्वतयारीबिना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गर्नुभयो । उहाँले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.