एमाले मिसन चौरासीको तयारीमा लागिसकेको छः अध्यक्ष ओली

भक्तपुर- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास हुन नदिन केही तत्व सक्रिय रहेकाले सबै सचेत भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज भक्तपुरमा आयोजित एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा यस्तो निर्देशन दिनु भएको हो ।

कार्यक्रममा उहाँले देशकोअस्थिरता हटाउन प्रचण्ड गठबन्धन गर्नुपरेको जिकिर गर्नुभयो । नेकपा एमाले मिसन चौरासीको तयारीमा लागिसकेको भन्दै देशका लागि काम गर्न सबै एकतावद्व भएर लाग्न आग्रह गर्नुभयो ।

गठबन्धन भएदेखि कांग्रेसले भ्रमपूर्ण आक्रमण गरिरहेको जिकिर गर्नु भयो । पशुपतिमा १०८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरू अहिले कता हराए भन्दै त्यो केवल स्यालहुईयाँको संज्ञादिनुभयो । कार्यक्रममा निर्वाचित कमिटिलाई शपथ गराईएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.