बंगलादेशले दियो नेपाललाई १०७ रनको लक्ष्य
काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटमा वंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वेष्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भइरहेको खेलमा नेपालले टस जितेर वलिङ गर्दै १९ दशमलव ३ ओभरमा वंगलादेशको सबै विकेट लिएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले, कप्तान रोहित पौडेलले, सोमपाल कामीले र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिएका छन ।।
प्रतिक्रिया राख्नुहोस्