कोशी प्रदेश सरकारविरुद्ध परेको रिट खारेज

काठमाडौँ- सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर परेको रिट खारेज गरिदिएको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।

न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त  रिटमाथि सुनुवाई गर्दै रिट खारेजको फैसला गरेको हो ।

धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा ब्यक्तिले दिएको समर्थन फिर्ता लिएको अबस्थामा धारा १८८ को २ बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्य मन्त्रीले विश्वासको मत नलिएको यस्तो अवस्थामा प्रदेश प्रमुखले नया सरकार गठनको आव्हान गरि नया सरकार गठन भै सो सरकारले विश्वासको मत समेत लिएको देखिन आएकोले रीट खारेज हुने फैसलाको ठहर छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.