प्रतिनिधिसभाको बैठक १३ गते

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आगामी असार १३ गते बिहीबार बिहान ११ गते बस्ने भएको छ । आजको दैनिक कार्य सूचीमा रहेको क्रमसङ्ख्या छ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्ने गरी स्थगित भएको जानकारी गराउनुभयो ।

क्रमसङ्ख्या छ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथी छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.