उपत्यकामा कोरोना कहरः बाहिरबाट उपत्यका नआउन र सम्भव भएसम्म नबस्न विज्ञहरुको आग्रह
बन्दाबन्दी गरेर साध्य नहुने भन्दै स्वास्थ्य मापदण्ड अपनाएर नियमित कामलाइ निरन्तरता दिनुपर्ने सुझाब

काठमाडौं- कर्मचारीलाइ नै कोरोना संक्रमण भएपछि काठमाडौ उपत्यकाका कतिपय कार्यालयहरु बन्द गरिएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले बन्दको विकल्प खोजी सावधानीका साथ कार्यालयहरु संचालन गर्न सुझाब दिएका छन् ।
केन्द्रीय सदस्यहरुलाइ नै कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रिय कार्यालय तीन दिनदेखि बन्द छ । त्यसैगरी केही कर्मचारीलाइ कोरोना संक्रमण भएपछि ललितपुरको मालपोत र नापी कार्यालय, काठमाडौ सानो र ठूलो भर्याङमा रहेका यातायात कार्यालय बन्द गरिएका छन् ।
भक्तपुर जगातीस्थित यातायात कार्यालय र काठमाडौ उपत्यकामा रहेका अधिकांश बैकका शाखा कार्यालय पनि कोरोनाका कारण बन्द छन् । नेपालमा हालसम्म सक्रिय संक्रमित मध्ये ४० प्रतिशत भन्दा बढी संक्रमित काठमाडौमै छन् ।
दैनिक थपिने कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौकै छन् । त्यसैले पनि काठमाडौमा समुदायमा नै कोरोना संक्रमण फैलिएको स्वास्थ्यविद्हरु बताउछन् ।
यसरी समुदायमा नै कोरोना फैलिए पनि बचेर नियमित काम गर्नुको विकल्प नभएको स्वास्थ्य विदहरुको भनाइ छ । अब आर्थिक र सामाजिक आधारमा पनि बन्दाबन्दी गरेर साध्य नहुने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर नियमित कामलाइ निरन्तरता दिनुपर्ने सुझाब दिएका छन् ।
चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने आंकलन गरिएको छ । अहिले काठमाडौभन्दा बाहिरका जिल्लामा सुरक्षित हुने भएकोले सम्भव भएसम्म काठमाडौ नबस्न उनीहरुले सुझाब दिएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वका १० प्रतिशत मानिसलाइ कोरोना संक्रमण भइसकेको हुनसक्ने आंकलन गरेको छ । नेपालमापनि कतिपय अवस्थामा संक्रमण नदेखिएपनि अहिलेको तथ्याङ्क भन्दा बढी नै संक्रमितहरु हुन सक्ने बताइएको छ । त्यसैले स्वास्थ्यका पूर्ण मापदण्ड अपनाउन र सुरक्षित रहन विज्ञहरुले सुझाएका छन् ।-






प्रतिक्रिया राख्नुहोस्