ट्रम्प माथिको अभियोगहरुका विषयमा अमेरिकी सर्वोच्च अदालतले अन्तिम सुनुवाइ गर्दै

अमेरिकी पूर्व राष्ट्रपति एवम् रिपब्लिकन दलका नेता डोनाल्ड ट्रम्प माथिको अभियोगहरुका विषयमा अमेरिकी सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ तय गरिएको छ ।

आज बस्ने सर्वोच्च अदालतको पूर्ण बेञ्चले ट्रम्प माथिका अभियोगमा अन्तिम फैसला गर्ने अनुमान पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको आगामी कार्याकालका लागि समेत निर्वाचन दौडमा रहनु भएका ट्रम्पमाथि निर्वाचन आचारसंहिता र नियमको उलंघन गरेको लगायत कयौं अभियोग लगाइएको छ ।

ट्रम्पमाथि राष्ट्रपति हुँदा महिलासंगको सम्वन्ध लुकाउन निर्वाचन खर्चको दुरुपयोग गरेको आभियोग लागेको छ ।

संघीय अदालतमा भएका सुनुवाइका क्रममा यि आरोपहरुमा दोषि ठहराइनु भएका ट्रम्पलाई सर्वोच्चबाट भने माफी हुने अनुमान गरिएको छ । उहाँले आफू माथिको आरोप आधारहीन भएको बताउदै आउनुभएको छ ।

सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति रहनुभएका ट्रम्प त्यस पछिको दोस्रो कार्यकालकालका लागि भएको निर्वाचनमा वर्तमान राष्ट्रपति जो वाइडेनसंग पराजित हुनुभएको थियो ।

यही वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उहाँले पुनः उम्मेदवारी दिने घोषणा सहित चुनावी अभियान गरिरहनुभएको छ ।

चुनावी अभियानकै क्रममा गत साता भएको पहिलो प्रत्यक्ष टेलिभिजन बहसमा राष्ट्रपति वाइडेनले ट्रम्पका यिनै आरोपहरुलाई अघि सारेर बहस गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.