प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा दिन  बालुवाटार पुगेपनि राजीनामा नदिई फर्किएका छन ।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन्।

प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएकाे थियाे । सोही आग्रहमा उहाँहरुले राजीनामा नदिइ फर्किनुभएकाे प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयाे ।

दाहाल नेतृत्वकाे सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।

नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

एमालेले साेमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन ताेडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकाे सरकार बनाउने सहमति गरेकाे थियाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.