नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन ३४३९ संक्रमित, उपत्यकामा मात्रै १६८४ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४२०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९६, भक्तपुरमा ९५ ललितपुरमा २९३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११२६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६८६६८ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.