दोलखामा बाढीले तीनवटा होटल बगायो, एकजना बेपत्ता

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी तीनवटा होटेल बगाएको छ ।

होटेल व्यवसाय गरिरहेको तीनवटा होटल पूर्ण क्षति हुनको साथै एकजना होटल व्यवसायी जाङमु शेर्पा सम्पर्कविहीन भएको वडा अध्यक्ष निमगेली शेर्पाले जानकारी दिनुभयो ।

अहिले स्थानीय सरकारलगायत सुरक्षाकर्मीहरू खोजी कार्यमा जुटिसकेको छ अध्यक्ष शेर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.