एनटीभी र कानून मन्त्रालयबीच सम्झौता

काठमाडौं-  नेपाल टेलिभिजन र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबीच न्याय सम्बन्धी कार्यक्रम तथा सन्देश उत्पादन र प्रसारण गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार न्यायमा नागरिकको पहुचँ अभिवृद्धि गराउने उद्देश्यसहितको भिडियो सन्देश, अन्तरवार्ता तथा स्क्रोल उत्पादन तथा प्रसारण गरिने छ । कार्यक्रम अक्टोबर १० देखि डिसेम्बर २७ सम्म प्रसारण गरिने छ ।

सम्झौता कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले कानूनले दिएको सुविधाबारे नागरिकलाई जानकारी गराउन र न्यायमा नागरिकको पहुँच पुर्‍याउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी अध्यक्ष विष्टले व्यक्तिको मानसिकतादेखि संस्थागत सुधारका लागि पनि कार्यक्रम उपयोगी हुने  धारणा राख्नुभयो।

कानून मन्त्रालयका सहसचिव फडिन्द्र गौतमले नेपाल टेलिभिजनसँगको सहकार्यले सर्वसाधारण नागरिकलाई कानूनबारे बुझाएर न्याय स्थापना गर्न धेरै सहयोगी हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोक्काले विभिन्न कार्यक्रम, समाचार, अन्तरवार्तामार्फत पनि नागरिकलाई सचेतना जगाउन र कानूनबारे जानकारी दिने काम निरन्तर गरिरहेको बताउनुभयो ।

कार्यक्रममा निमित्त नायव महाप्रवन्धक आरती चटौतले नेपाल टेलिभिजनले  विभिन्न विधी अपनाएर सर्वसाधारण नागरिकलाई कानून बुझाउन र त्यसको उपभोग र उपयोगिताबारे जानकारी दिइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा न्यायमा पहुँच परियोजनाका संयोजक रत्न श्रेष्ठले सामान्य र सहज ढंगले कानूनबारे नागरिकलाई जानकारी दिन उपयुक्त हुने बताउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.