सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने काँग्रेसको निर्णय

मन्त्री छान्दा समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर छान्ने मापदण्ड

काठमाडौँ- नेपाली काँग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु नाम एकै पटक पठाउँने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने र आफ्नो दलका तर्फबाट मन्त्रीपरिषद्मा जाने मन्त्रीहरु नाम एकै पटक पठाउँने निर्णय गरेको छ ।

बैठकले सरकारमा पठाउँने मन्त्री छान्दा समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर छान्ने मापदण्ड बनाइएको बैठक पछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको लागि दाबी पेश गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्रीको नियुक्तिसँगै मन्त्रीमण्डल विस्तार गर्ने दुई दलको तयारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.