माथिल्लो मनाङमा घोडेजात्रा (यार्तुङ)को रौनक

मनाङ- हिमाली जिल्ला मनाङमा यार्तुङ अर्थात घोडेजात्रा पर्व सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यो पर्व विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यस पर्व मनाइन्छ । माथिल्लो मनाङमा चार दिनसम्म मनाउने गरिएकामा यस वर्ष विभिन्न प्रतियोगितात्मक कार्यक्रम सहित छ दिन मनाउने भएको छ ।

टङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, टङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा भव्य यार्तुङको आयोजना गरिएको छ ।

विशेषगरी लामाले नाचेर पर्व मनाउने गरिन्छ । यो पर्व पाँच दिन मनाउने प्रचलन छ । यस पर्वलाई उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् । घोडा जात्रा हो, मनाङ ङिस्याङ सबैले खेती रोपिसकेपछि मनाउने गरिन्छ ।

घोडालाई भगवानको रुपमा पुजिन्छ । गाउँका सबैले घोडा पालिन्थ्यो । खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रुपमा पुजिने पर्वको रुपमा मनाइन्छ । घोडालाई मनाङमा महत्वपूर्ण साधनको रुपमा लिइन्छ र यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन गर्छ ।

बुद्धिष्ट भाषामा वर्षायाममा रोग व्याधिबाट जोगाउनु नै यस पर्वको महत्व तथा विशेषता रहेको छ । यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्षण गर्ने गरेको छ । यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउन समेत टेवा पुगेको छ ।

यस पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्ति बीच एकापसमा सामाजिक सद्भावको विकास गर्दछ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै अन्य स्थानमा यार्तुङ सुरु गर्ने प्रचलन रहेको छ ।

पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला भञ्ज्याङ जान चाहने पर्यटकलाई पुर्‍याउन घोडाको नै प्रयोग गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.