कर्णालीमा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीको राजिनामा

सुर्खेत- कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आज मुख्यमन्त्री यामलाल कंडेलसामु राजीनामा दिनुभएको छ ।

वैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री रणसिंह परियारले आज राजीनामा दिनुभएको हो ।

मन्त्रीहरुको राजीनामासँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको सर्मथनसमेत फिर्ता लिने भएको छ । माओवादीले सर्मथन लिएसँगै अबको एक महिनामा प्रदेश सभाबाट मुख्यमन्त्री कंडेलले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री कंडेलले मन्त्रीहरुलाई सहकार्यका लागि धन्यवाद समेत दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.