चाडवाड लक्षित गरेर कुलेखानीबाट पूर्ण क्षमतामा उत्पादन

काठमाडौं– कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ ।
चाडपर्वको बेला उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर विद्युत् आपूर्तिलाई नियमित गर्न आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको छ ।
मौसम अनुसारको विद्युतमा खपतमा घटबढ् भइरहने हुँदा कतिपय विद्युतगृहहरुको उत्पादनमा कटौती हुने गरेकाले कुलेखानीको उत्पादनलाइ पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्