विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय छानविन आयोग गठन

विहिवार सरकारी कार्यलायमा आधा झण्डा झुकाउने निर्णय

काठमाडौँ- सरकारले सौर्य एयर दुरघटनाको सत्य तथ्य छानविन गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझाव सहित ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी ५ सदस्यीय छानविन आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा वसेको आकश्मीक मन्त्रिपरिषद् बैठकले नागरिक उड्यन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा दुर्घटनाको छानविन आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिनु भयो ।

छानविन आयोगका सदस्यहरुमा दिपराज ज्वारचन नेपाल वायुसेवा निगमका क्याप्टेन, प्राध्यापक डा सुदीप भट्टराइ पुल्चोक इन्जिनियरिङ क्याम्पस सञ्जय अधिकारी श्री एयरलाइन्सका कर्मचारी, मुकेश ढंगोल सदस्य सचिव, हवाइ ट्राफिक कन्ट्रोल अफिसर नागरिक उड्यन प्रfधिकरण रहनुभएको छ ।

बैठकले दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति श्रद्द्धानजली तथा परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यसैगरी १० गते विहिवार सरकारी कार्यलायमा आधा झण्डा झुकाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता गुरुङले वताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.