नेपालमा कोरोना संक्रमित एक लाख नाघे

२४ घण्टामा थपिए २०५९ संक्रमित, उपत्यकामा १४०९ जनामा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै नेपालमा कोरोना भाइरसबाट कूल १ लाख ६ सय ७६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३२७९ जनाको पीसीआर परीक्षण गर्दा २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १४०९ जना संक्रमित भएका छन् । काठमाडौंमा १११६, भक्तपुरमा १३० ललितपुरमा १६३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७३०२३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.