सरकारी जग्गा फिर्ता अभियान
स्याङजा- पछिल्लो समय जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अतिक्रमणको चपेटामा परेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानको थालनी गरेको छ ।
अतिक्रमण भएका त्यस्ता जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लामा उक्त कामको थालनी गरीएको हो ।
सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको भनी आएका गुनासा र उजुरीहरूका आधारमा जिल्ला प्रशासन, शसस्त्र प्रहरी सहितको टोली र स्थानीयसँगको सहकार्यमा अतिक्रमित जग्गा स्थलगत अनुगमन समेत गरिएको छ ।
सोहिअनुसार पुतलीबजार नगरपालिका वडा नं १३ मा रहेको ५० रोपनी अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा फिर्ता गरी अभियानको थालनी गरिएको हो ।
सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउनु राज्यको दायित्व हो । त्यसैलै उक्त कामको थालनी गरिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्