रसुवाको धुन्चे-भार्खु खण्डमा सडक अबरुद्घ

रसुवा- पसाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे-भार्खु खण्डमा सुख्खा पहिरो खसेर सडक अबरुद्घ भएको छ । अबिरल बर्षाका कारण गएराती खोपाङ भिरमा सडक माथिबाट ठुला चट्टान खसेर सडक अबरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालका अनुसार सडक माथिबाट पहिरो झरिरहेकाले पहिरो पन्छाउने कार्यमा केही असहज भए पनि सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको उहाँको भनाई छ ।

सडक अबरुद्घ भएसँगै नेपालबाट चीनतर्फ जाने चीनीयाँ पर्यटक तथा कैलास मानसरोबर जाने तीर्थयात्रीहरु बटैमा अलपत्र परेका छ्न भने अन्य सार्वजनिक सवारी साधनहरु पनि बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.