अन्तरिम सरकारको नेतृत्व गर्न ढाका ओर्लिए मुहम्मद युनुस

काठमाडौँ- बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्नेगरी नोबेल पुरस्कार बिजेता मोहम्मद युनुसलाई राष्ट्रपतिले तोकेसँगै आज उहाँ ढाका ओर्लनुभएको छ ।

फ्रान्सको पेरिसबाट युनुस विद्यार्थीहरुको आग्रहलाई स्वीकार गर्दै युनुस स्वदेश फर्कनुभएको हो ।

बंगलादेशमा आन्दोलनबाट निवर्तमान प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छाडेपछि संकट मोचन गर्न आन्दोलनकारीहरुले युनुसलाई अनुरोध गरेका थिए।

हसिनाका कट्टर विरोधी मानिने युनुसले अन्तरिम  सरकारको नेतृत्व गर्ने तयारीसँगै सबै मिलेर देश बनाउन अपिल पनि गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.