शिक्षा मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट शिक्षामन्त्री पनि संक्रमित हुनुभएको हो । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना हुनुभएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको हो ।

मन्त्रीका स्वकीय सचिव पुरण केसीले मन्त्री पोखरेलको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.