अवरुद्ध पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

चितवन- अविरल बर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो ।

चितवनको इच्छाकामना-३ स्थित चुम्लिङ्गटारमा आज बिहान ७ बजे ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो पञ्छाएपछि सडक दुइतर्फी सुचारु भएको उहाँले बताउनुभयो ।

यसैबिच मौवाखोला र केबलकार नजिक पनि सडक एकातर्फ अवरुद्ध बनेको थियो । ती दुबै स्थानको पहिरो हटाई दुइतर्फी सञ्चालनम आएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.