टिआरसी विधेयक कानून बनेपश्चात सबै दन्द्व पीडितहरुले न्यायको अनूभुति गर्नेछन्: देउवा

काठमाडौँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टिआरसी विधेयक कानून बनेपश्चात सबै दन्द्व पीडितहरुलाई न्यायको अनुभूति गर्नेमा विश्वास व्यक्त गर्नु भएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन)विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले यस्तो बताउनु भएको हो ।

उहाँले नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताउनुभएको छ ।

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले संक्रमणकालिन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको सभापति देउवाको भनाई थियो ।

उहाँले प्रश्तुत विधेयकले संक्रमणकालिन न्यायका सबै आधारभुत मान्यता बोकेको बताउनु हुँदै उहाँले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्दको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले विधेयक संक्रमणकालिन न्यायको मान्यतामा आधारित प्रचलित कानून, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल रहेको पनि बताउनु भयो ।

‘शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भएको थियो । उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफैँ सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले सिद्ध गरेको छ । नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ । ” देउवाले भन्नुभयो ।

विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने विश्वास पनि सभापति देउवाले गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.