फरार ३ जना प्रतिवादी पक्राउ

पाल्पा –  जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न मुद्दामा दोषी ठहर भई फरार सुचिमा रहेका तीन जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला अदालत पाल्पाबाट सजाय कसुरदार भई फरार उनिहरुलाई पाल्पा प्रहरीले सञ्चालन गरेको सर्च अप्रेशनको क्रममा नियन्त्रणमा लिईएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दका अनुसार तानसेन नगरपालिका ३ का ४४ वर्षीय अर्जुन थापा, तानसेन ६ बसपार्क घर भएकी ४७ वर्षीया नारायणी राना र रामपुर ५ का २४ वर्षीय अप्सन बहादुर वंसी ठकुरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । थापा २०८० जेठ २ गते सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय फैसला भई फरार भएका थिए भने राना पनि २०८० मंसिर १४ गते जिल्ला अदालत पाल्पाबाटै चेक अनादर मुद्दामा एक हजार जरिवाना फैसला भई प्रहरीको फरार सुचिमा थिए । यसै गरि ठकुरीले भने २०८० असार २० गते अदालतबाट अभ्रद व्याहार मुद्दामा रु आठ हजार जरिवान फैसला भई फरार रहेकोमा एक वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको पाल्पाका प्रहरी प्रमुख चन्दले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई अदालतमा पेश गरि कैद भुक्तानको लागि प्रक्रिया अगाडी बढाइएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.