सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न उपप्रधानमन्त्री सिंहको आह्वान

काठमाडौं –  उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेकाे बताउनुभएकाे छ । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे । उहाँले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणकाे काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताउनुभयाे ।

उपत्यकाका बाग्मति, विष्णुमतिलगायतका नदिमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेकाे भन्दै परिणाम देखिन केही समय लाग्ने उहाँकाे भनाई थियाेे। `जसरी चलिरहेकाे छ त्यसैगरि चलाउँ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेकाे छु । त्यसमा केही समय लाग्छ,´ उहाँले भन्नुभयाे ,`संविधानले दिएकाे अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनकाे महसुस गराउन सक्नुपर्छ।´ अहिलेकाे सरकारलाई काम नगर्ने छुट नभएकाे भन्दै उहाँले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताउनुभयाे ।

देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेकाे पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयाे । काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेकाे भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदि प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेकाे उहाँले बताउनुभयाे ।

उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गर्नुभयाे । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उहाँले भन्नुभयाे, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.