गोसाइँकुण्डमा २ लाख ५७ हजार भेटी सङ्कलन,गत वर्षको भन्दा भेटी कम

रसुवा-   रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा जनै पूर्णिमा मेला अवधिभर रु २ लाख ५७ हजार १ सय ५५ भेटी सङ्कलन भएको छ ।

यही भदौ ३ गते सम्पन्न जनै पूर्णिमा पर्वको विशेष मेला भर्न गोसाईंकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारी मार्फत सङ्कलन भएको हो । सङ्कलित भेटी रकम गणना सम्पन्न भएको र रकम बैङ्क खातामा जम्मा गर्न पठाएको छ ।

नाग पञ्चमी देखि भाद्र ३ गते जनै पूर्णिमा पर्वसम्मको अवधिमा ११ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । प्राप्त रकम महादेवको नाममा खोलिएको बैङ्क खातामा जम्मा गरी कार्य समितिको निर्णय बमोजिम गोसाईंकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।

त्यसै गरी गोसाईंकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रति ब्यक्ती प्रवेश शुल्क बापत १०० रुपैंया लिँदा यस वर्ष हजार यात्रु बाट १० लाख सङ्कलन गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले  जनाएको छ । समितिले मन्दिरको आय हरेक वर्ष सार्वजनिक गर्दै आएको छ ।

गत वर्ष तीन लाख २८ हजार ५१ रुपैयाँ भेटी सङ्कलन भएकोमा यस वर्ष कम रकम सङ्कलन भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.