हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु

बस्तीमा ठूलो क्षति पुग्ने सम्भावना न्यून-स्थानीय प्रशासन

काठमाडौँ- मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सेखोलामा हिमपहरो गएको छ।

हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न शुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

सुबेदीका अनुसार हिमपहिरोका कारण थुनिएको खोलाबाट बस्तीमा कुनै ठूलो क्षति पुग्ने  सम्भावना भने छैन ।

त्यसो त प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीहरुको टोली हिमपहिरो खसेको स्थानतर्फ गइसकेको छ ।

बोक्से खोला कालिगण्डकी नदीको सहायक नदी हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.