आन्दोलनका कार्यक्रम फिर्ता लिन त्रिविको आग्रह

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ ।

त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, सूचनामा भनिएको छ ।

त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, विसं २०७७ ल्याइएको र सोही निर्देशिकाअनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.