किसानले पाउनुपर्ने बक्यौता रकम दसैँ अगाडि नै उपलब्ध गराउने कृषिमन्त्रीको प्रतिवद्धता 

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानले पाउनुपर्ने बक्यौता रकम दसैँ अगाडि भुक्तानी गरिने बताउनु भएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री अधिकारीले  दुग्ध किसानको एक अर्ब २७ करोड र उखु किसानको एक अर्ब ३० करोडसहित सबै रकम दसैँ अगाडि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

‘‘दुग्ध किसानले पाउनुपर्ने बक्यौता रकम उपलब्ध गराउन सुरु भएको छ। भाद्र ८ सम्म मसान्तसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको छ। बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्‍याइने छ। यस्तै उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ। दसैँअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ।’ कृषि मन्त्री अधिकारीले भन्नुभयो ।

सरकारले छिटै कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गर्ने पनि मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.