हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारका लागि आह्वान

काठमाडौँ- नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्ने हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ ।

एक लाख रुपैंया राशि सहितको पुरस्कारका लागि आवेदन आह्वान गरिएको नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले सूचना मार्फत जानकारी गराएको छ ।

देशभरका टेलिभिजन संस्थामा कार्यरत पत्रकारहरुले २०८० सालको भदौ १ गते देखि यो वर्षको साउन मसान्त सम्म प्रसारण भएको आफ्नो समाचार सामग्री सहित पुरस्कारका लागि आवेदन दिन सक्ने छन् ।

आवेदनका साथमा समाचारको स्क्रिप्ट र समाचार प्रसारण भएको व्यहोरा खुल्नेगरी कार्यरत टेलिभिजन संस्थाको सिफारिस संलग्न गराउनुपर्ने सूचनामा उल्लेख छ । आवेदन भदौ मसान्तसम्म दिन सकिने प्रतिष्ठान शाखाले जनाएको छ ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको समाचार सङ्कलनको क्रममा २०६३ सालमा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।उहाँहरुको स्मृतिमा नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले २०६४ सालमा उक्त पुरस्कारको स्थापना गरी निरन्तररुपमा जोखिमपूर्ण विषयवस्तु समेटिएका सामग्री मध्येबाट उत्कृष्टलाई हरेक वर्ष नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कृत गर्दै आएको छ ।

प्राप्त आवेदनहरु मध्येबाट पुरस्कार छनोट समितिले छानेको उत्कृष्ट समाचार रिपोर्ट र पत्रकारलाई असोज ७ गते विशेष समारोहकाबीच पुरस्कार वितरण गरिने प्रतिष्ठान शाखाले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.