भारतीय राजदूतव्दारा असिगडा मोटरेबल पुलको अनुगमन

दार्चुला – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले नेपाल भारत सीमा जोड्ने महाकाली नदिमा निर्माणाधीन मोटरबल पुलको अनुगमन गर्नु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ८ असिगडामा निर्माणाधीन मोटरेबल पुलको शुक्रवार अनुगमन गर्नु भएको हो ।

बिहीबार डडेलधुरा, बैतडी हुँदै दार्चुला पुगेका राजदूत श्रीवास्तबले पुल अनुगमन गर्दै अबको छ महिना भित्र पुल निर्माणका काम गरिसक्न भारतीय निर्माण कम्पनीका ठेकेदारहरूलाई निर्देशन दिनुभएको हो ।

पुल निर्माणको काम अन्तिम चरणमा पुगेको र नेपाल र भारत दुवै तर्फ पुलबाट सडक निर्माणका काम बाँकी रहेको छ ।

भारतीय निर्माण कम्पनीका जनरल म्यानेजर दलवीर सिंह लगायतका प्रतिनिधीहरुलाई दुवै देश तर्फको सडक जोड्ने बाटो पनि गुणस्तरीय बनाउन निर्देशन दिएको छ ।

आगामी मार्च सम्म जुनसुकै हालतमा पनि काम सक्ने र दुवै देश तर्फ कुनै समस्या आएमा तत्काल समाधानका लागि दूतावास र दुवै देशका सरकारहरूलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.