दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ

नवलपुर-  पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरी नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मङ्गलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्म मिति लगायत सम्पूर्ण विवरण झुटो पेस गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गैँडाकोट नगरपालिका वडा नं. ५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटालाई पक्राउ परेका थिए ।

टोमटालाई फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शीर्षकका जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको  उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । कुनै नेपालीले झुटो विवरण पेस गरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.