मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिनुहुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

माओवादीले भदौ १४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गत साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो ।

सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ ।

संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । कोशी प्रदेश सभामा कूल ९३ सदस्य छन् । जसमा मुख्यमन्त्री कार्कीको दल नेकपा (एमाले)का ४० सांसद छन् भने सत्ताघटक कांग्रेसका २९ सांसद रहेका छन् ।

कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।

प्रदेशसभाको आगामी बैठक आगामी असोज २ गते दिउँसो १ बजे बैठक बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.