दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम प्रस्तावित

एजेन्सी –  भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम आम आदमी पार्टीका नेता तथा वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले प्रस्ताव गर्नुभएको छ ।

अदालतले मुख्यमन्त्रीका रुपमा काम नगर्न आदेश दिएपछि राजिनामा दिने घोषणा गरेका केजरीवालले पार्टीको संसदीय दलको बैठकमा नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक गर्नुभएको हो ।

भ्रष्टाचारको आरोपमा करिब ६ महिना जेलमा बसेपछि सर्वोच्च अदालतले केजरीवाललाई शुक्रवार धरौटीमा रिहा गरेको थियो ।

दिल्लीमा अब निर्वाचन घोषणा नभएसम्म अतिशीले अन्तरिम मुख्यमन्त्रीका रुपमा काम गर्नुहुनेछ । सुष्मा स्वराज र शिला दीक्षित पछि अतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुहुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.