१ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडासहित दुई जना पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले १ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा उक्त मूल्य बराबरका अवैध लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार सुनसरीबाट काठमाण्डौ जाँदै गरेको उक्त ट्रकमा आलूको भन्सार बिल काटेर ७४ बोरा लत्ताकपडाहरु ल्याइएको थियो । २ सय ५६ बोरा आलू भित्र तयारी कुर्ता, रोल सहितको सर्ट पाइन्ट लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरी उपरिक्षक रिजालले बताउनुभयो ।

प्रहरीले ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सोही स्थानका सहचालक बर्ष १९ का मुना मियालाई पक्राउ गरेको छ ।

भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेतलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.