रेडियो नेपालमा स्तनपान तथा महिला सहायता कक्ष सञ्चालन

काठमाडौँ- रेडियो नेपालले महिला सहायता तथा स्तनपान कक्ष संचालनमा ल्याएको छ । संविधान दिवश तथा राष्ट्रिय दिवश २०८१ को अवसरमा रेडियो नेपालले आफ्नो केन्द्रीय कार्यालय सिंहदरबारमा आफ्ना महिला कर्मचारीलाई लक्षित गरी स्तनपान तथा महिला सहायता कक्ष संचालनमा ल्याएको हो ।

स्तनपान कक्षको आज एक कार्यक्रमका बीच समितिका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गर्नुभयो । सचिव अर्यालले रेडियो नेपालले महिलामैत्री वातावरणका लागि गरेको प्रयासको प्रसंसा गर्नुभयो । उहाँले स–साना सकारात्मक प्रयासबाटै ठुला उपलब्धीहरु हासिल हुने बताउँदै रेडियो नेपालमा महिला सहायता कक्ष निर्माण एकदमै सकारात्मक प्रयास भएको उल्लेख गर्नुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले यसबाट रेडियो नेपालमा कार्यरत महिला कर्मचारीहरुको मनोवल उच्च हुने र महिला कर्मचारीका साथसाथै कर्मचारीका बालबच्चाहरुलाई फाइदा मिल्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.