कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छः वनमन्त्री शाही

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रश्तुत हुने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आईतवार कोप २९ बारे जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हाँसिल गराउन सकिन्छ भन्ने हिसावले अघि बढ्ने बताउनु भयो । उहाँले थप अझै गोष्ठी, विचारहरु र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताउनु भयो ।

उहाँले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताउनु भयो । उहाँले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरु लागेको बताउनु भयो । कोप २९ लाई विगतका कोपहरु भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको कोपलाई नेपालका एजेण्डाहरु र नेपाललाई कसरी बढी हामीले त्यो कोपबाट उपलब्धि हाँसिल गर्नसक्छौँ, त्यसमा हामी अझै थप छलफल गर्ने पक्षमा छौँ । थप अझै गोष्ठी, विचारहरु र आवश्यक सेमिनरहरु गरी, सुझाव संकलन गरी अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा हाम्रो एकदमै ध्यान केन्द्रित गर्नेछौँ ।

प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्नेकुरा उठाउनुभएको छ, यो अत्यन्तै महत्वपूर्ण छ । कर्णालीलाई पनि प्रतिनिधित्वबाट छुटाउनु हुँदैन भन्नेकुरा आएको छ । यो स्वागतयोग्य छ । कर्मचारीको संख्या धेरै भयो भन्नेकुरा आएको छ, त्यो पनि हामी सल्लाह गर्नेछौँ । यहाँहरुले दिएका सुझावलाई गहनताका साथ लिएका छौँ । कोप २९ लाई विगतका कोपहरु भन्दा अत्यन्तै व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गर्नेछ । समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्नेकुरा राख्न चाहन्छु ।’

मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.