सिद्धबाबा सुरुङमार्गको तीन मध्ये दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

पाल्पा- निर्माणाधीन सिद्धबाबा सुरुङमार्गके तीनमधये दुईवटा बाइपासको ब्रेक थ्रु भएको छ । कामलाई तीव्रता दिएर २४ सै घण्टा विस्फोट गरेसँगै १ र ३ नम्बर बाइपास सुरूङ्गको ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजनाले जनाएको छ । सम्पूर्ण सुरुङमार्गमा तीनवटा बाइपास रहेका छन् ।

जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको हो । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको कार्यालयले जनाएको छ । हालसम्म मुख्य सुरुङमार्ग भने ५४५ मिटर खनिएको छ ।

योजना कार्यालयका अनुसार कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको छ । गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । काममा कुनै अवरोध नभए अबको ३ महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रू’ गर्ने आयोजनाकी सूचना धिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा रहेका कारण सो सडकखण्डमा सुरुङमार्गको परिकल्पना गरिएको हो । भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुने गर्दछ ।

बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन गतवर्षको ४ माघबाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो । सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ ।

आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.