दुई महिना मै भित्रियो एक अर्ब भन्दा बढी मूल्यको सौन्दर्य प्रसाधनका सामाग्री

पर्सा –  देशकै प्रमुख व्यापारीक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागी हुने पाउडर, क्रिम, तेल लगायतका सौन्दर्य प्रसाधन जस्ता विलाशि बस्तुको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सौन्दर्य प्रसाधनको आयातमा २३ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा  ९१ करोड ९५ लाख रुपैयाँको अनुहारमा लगाउने क्रिम, कपालमा लगाउने स्याम्पु, तेल  लगायतका सौन्दर्य प्रसाधनको आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब १२ करोड ९५ लाख रुपैयाँको प्रसाधन आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज नाकालाई प्रयोग गरी गत आवमा २२ करोड ९७ लाख रुपैयाँको कपालमf लगाउने तेल, क्रिम,९करोड २५ लाख रुपैयाँको स्याम्पु र  ५९ करोड ७२ लाख रुपैयाँको शृङ्गारका समान आयात भएका थिए भने चालु आवमा २७ करोड९७ लाख रुपैयाँको कपालमा लगाउने क्रिम, तेल,१५ करोड२५ लाखको स्याम्पु र ७० करोड२२ लाख रुपैयाँको शृङ्गारका समान आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना आधिकारी रघुलाल कर्णले जानकारी दिनुभयो। उहाँले भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै नेपालका लागि गत वर्षको तुलनामा चालु आवमा २० करोड ९९लाख रुपैयाँ बढीको सौन्दर्य प्रसाधन आयात भएको बताउनुभयो ।

तेल, क्रिम, पाउडर लगायतका सौन्दर्य प्रसाधनको आयातबाट गत आवमा कार्यालयले  ४८ करोड ३१ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले ५८ करोड३१ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । विजय कुमार महतो नेपाल टेलिभिजन मधेस प्रदेश पर्सा ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.