अत्यधिक गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि पर्साका केही विद्यालयमा विदा

पर्सा- बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि पर्सा जिल्लामा रहेका स्थानीय तहहरुले विद्यालयलाई विदा दिने निर्णय गरेका छन् ।

लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पादन हुन थालेपछि पर्सा जिल्लामा रहेका पालिकाहरुले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूलतालाई कम गर्न विद्यालय विदा दिने निर्णय गरेका हुन् ।

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सूचना प्रकाशित गरी असोज ८ र ९ गते विद्यलायको अध्ययन अध्यापन स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको र अध्ययन कै क्रममा विद्यार्थीहरु बेहोस हुन थालेकाले विद्यलायको प्रशासनिक कार्यलाई निरन्तरता दिदै हाल दुई दिनका लागि पठन पाठन स्थगित गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

उहाँले दुई दिनमा गर्मीको तापक्रम घटेर कम भए विद्यालय पूर्ववत अवस्थामा संचालन हुने, नभए पठन पाठनलाई निरन्तरता दिन अन्य उपाएलाई अवलम्बन गरिने बताउनुभयो ।

त्यसैगरी पर्साकै पोखरिया नगरपालिकामा संचालित रहेका उचँगल माविमा अध्ययनरत ८ जना छात्रा हिजो गर्मीका कारण बेहोस भएपछि नगपालिकाले अध्ययन अध्यापनलाई विहानको सिफ्टमा संचालन गर्न सुचना प्रकाशित गरेको छ ।

पर्सा जिल्लामा पछिलो तीन दिन भित्र तापाक्रम वृद्धी हुँदै दिउँसोका समयमा ४५ डिग्रीसम्म पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.