उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानमन्त्री ओली (भिडियो)

काठमाडौँ- संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्तराज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न देशका सरकार प्रमुखहरुसंग उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा व्यस्त रहनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।

त्यसैगरी आजै प्रधानमन्त्री ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच पनि भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । दुवै भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

यसैबीच विभिन्न कार्यक्रममा समेत सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.