संमृद्धिका लागि जनतालाई उत्पादनसँग जोड्नु पर्छ: मन्त्री काफ्ले

काठमाडौं – बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह उत्पादन क्षमता बढाउने र स्थानीय तह उत्पादनसँग जाेडिने गरी काम गर्नुपर्ने बताएका छन्।

आर्थिक मामिला तथा याेजना मन्त्रालय बागमती प्रदेशकाे आयाेजनामा भएकाे राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धि रामेछाप भएकाे स्थानिय तहसँगकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताएका हुन्।

उनले उत्पादनकाे क्षेत्रमा काम नभएसम्म राेजगारी सिर्जना हुने बताएका छन्। उनले आफू २४ घण्टै जनताको सम्पर्क रहने र अहिले जनतासँग सल्लाह गर्न आएकाे पनि बताएका छन् ।उनले भने, “वीपी भनेझैँ काम गर्न अलमल हुँदा जनताका समस्याहरु समाधान हुन सकेका छैनन्।”सबै तहमा फिल्ड स्टडी नगरी काम गर्ने प्रवृत्तिका कारण समाजमा दुरगामि असर परिरहेको बताएका छन्।
उनले भने, “प्रदेशकाे ठुलाे याेजनाहरुकाे अध्ययन बिना बजेट हाल्दिनँ ।

विज्ञ टाेलीकाे अध्ययनका आधारमा मात्र काम गर्ने र विकास निर्माणकाे लागि जनताकाे कुरा सुनेर अघि बढ्छु।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.